पाकिममा सांस्कृति अनि साहित्यिक उत्सवको समापन

IMG-20250920-WA0161

गान्तोक: पाकिम जिल्लाको आसाम लिङजेमा आयोजित दुई दिवसीय राज्यस्तरीय इएमआरएस सांस्कृति अनि साहित्यिक उत्सवको आज समापन भयो। आसाम लिङजेको जनजाति अनुसन्धान संस्थान अनि प्रशिक्षण केन्द्रमा आयोजित यस उत्सवमा इएमआरएस अन्तर्गत सञ्चालित चारवटा विद्यालयहरूलाई एउटा मञ्चमा ल्याइएको थियो। जसमा इएमआरएस ग्याङयाप, स्वयम, पारखा र सुन्तले विद्यालयहरू रहेको छ।
कार्यक्रमको पहिलो दिन साहित्यिक प्रतियोगिता, वाक पटुता, काब्य पथ, हाजिरी जवाफ लगायत विभिन्न विदामा प्रतियोगिता आयोजना गरिएको थियो। सोही प्रकारले दोस्रो तथा समापन अवसरमा दोस्रो दिनमा भक्ति समूह गीत, जनजाति एकल गीत, वाद्य संगीत, समूह नृत्य, तामाङ सेलो नृत्य, शिक्षकहरूको सङ्गीत प्रतियोगिता आयोजना गरिएको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक कल्याण विभागका विशेष सचिव सुमन गुरुङले यस प्रतियोगितामा सहभागी बनेका सबैलाई बधाई साथै शुभकामना व्यक्त गरे। कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित सामाजिक कल्याण विभागकी उप सचिव सारिका प्रधानले सहभागीहरूलाई बधाई दिँदै यस प्रतियोगितमा उत्कृष्ट अङ्क हासिल गर्नुपर्ने विषयमा जोड दिँदै जित र हार दुवै जीवनको एक भाग रहेको बताइन्। उनले विजेता टोलीहरूलाई आगामी राष्ट्रिय स्तरको प्रतियोगिताको लागि राम्रो तयारी गर्न सुझाउ दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement