नाम्ची: नाम्ची जिल्ला अन्तर्गत नामथाङको खण्ड प्रोसेस ल्याबमा आदि कर्मयोगी अभियान अन्तर्गत गत १९ सेप्टेम्बरदेखि शुरू भएको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। कार्यक्रमको थीम जनजाति समुदायलाई रूपान्तरण गर्नको निम्ति व्यक्ति र संस्थाहरूलाई सशक्तिकरण गरिनु रहेको थियो। उक्त कार्यक्रम नामथाङ खण्ड विकास कार्यालय एवम नोडल अधिकारी रतन गुरूङको दिशा निर्देश बमोजिम आयोजना गरिएको हो।
कार्यक्रम आयोजना गर्नुको उद्देश्य जनजाति समुदायमा दिगो रूपान्तरण साथै उत्तरदायी शासनलाई सुदृढ पार्न, संस्थागत क्षमता बढाउन र ग्रामीणस्तरका मानिसहरूलाई सशक्त बनाउनु रहेको थियो।
कार्यक्रममा सीडीपीओ एवं जिल्ला मास्टर ट्रेनर लक्ष्मण तामाङले उत्तरदायी शासनमाथि प्रभावकारी ढङ्गमा प्रशिक्षण दिए।