पोषण माह अन्तर्गत पोषण वाक कार्यक्रम

IMG-20250920-WA0159

मंगन: वर्ष २०२५ को राष्ट्रीय पोषण माह अन्तर्गत आज मंगन जिल्लाले विभिन्न समुदायलाई आधारित गर्दै पोषण वाक कार्यक्रम आयोजना गरियो। यो कार्यकर्म आयोजना गरिनुको मुख्य उद्देश्य पोषण, स्वास्थ्य र प्रारम्भिक बाल्यकाल हेरचाहबारे जागरूक गराउनु रहेको थियो। विशेष गरेर यो कार्यक्रम ग्रामीणस्तरका मानिसहरूलाई जागरूक गराउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख विशेषताहरू मध्ये रक्तको कमी,मोटोपन विशेष गरी महिला र किशोरीहरूमा रक्तअल्पता रोकथाम र खराब खाने बानी र सहज जीवनशैलीका कारण बाल्यकाल र वयस्कहरूमा मोटोपना बढ्दै गएको समस्या आदि बारे जागरूकता फैलाउनु रहेको थियो।
‘पोषण पदयात्रा’ को उद्देश्य बालबालिका, गर्भवती महिला र स्तनपान गराउने आमाहरूको लागि पोषण परिणामहरू सुधार गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement