पाकिम: राज्य स्थापनाको स्वर्ण जयन्ती उत्सवको अवसरमा आयोजना गरिएको राज्यस्तरीय खेलकुद कार्यक्रम अन्तर्गत परम्परागत आर्चेरी प्रतियोगिता आज पाकिम जिल्लाको कार्थोक आर्चरी खेल मैदानमा सम्पन्न भयो। प्रतियोगिताको उद्घाटन महकूमा अधिकारी डाकमान सुब्बाले गरेका थिए।
खेलकूद तथा युवा मामिला विभागद्वारा आयोजना गरिएको यस प्रतियोगिता आगामी ५ अक्टोबकरसम्म निन्तरपरूपमा सञ्चालन हुने भएको छ। उद्घाटन समारोहमा पञ्चायत सदस्य सरिता छेत्री, महकुमा अधिकारी (मुख्यालय) थेन्डुप लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकूद एवम युवा मामिला विभागका संयुक्त निर्देशकले जिग्मी योजर लेप्चाले राज्यको ५०औं वर्ष स्वर्ण जयन्तीको अवसरमा खेलकुद तथा युवा मामिला विभागलाई राज्यभरिक खेलकुद सम्वन्धि विभिन्न प्रकारको गतिविधिहरू आयोजना गर्ने जिम्मेवारी सुम्पिएको बताए। उनले खेलको सांस्कृतिक महत्वमाथि जोर दिँदै आर्चेरी खेलले सिक्किम राज्यको सांस्कृतिक र इतिहासमा गहिरो छाप छोडेको बताउँदै यसलाई संरक्षण गर्नुपर्ने कुरामा जोर थिए।
यस प्रतियोगितामा कूल १२ वटा टोलीले सहभागिता जनाएको छ।