पहाडको चारैवटा नगरपालिकाको स्वेरेज प्रणाली सुव्यवस्थित गर्न डीपीआर बनाउने कार्य शुरु गरिएकोमा खरसाङ नगरपालिकाद्वारा अनित थापालाई धन्यवाद ज्ञापन

IMG-20250920-WA0144

खरसाङ: खरसाङ नगरपालिका एवं नगरवासीहरूको समस्या स्वेरेज लाइन सुव्यवस्थित गराउन खरसाङ नगरपालिका पक्षबाट सरकारसंग सम्पर्क गरिरहेता पनि पहाडको प्रशासनिक व्यवस्थापनमा जीटीए प्रमुख अनित थापाको भिजन पहाडको विभिन्न समस्याहरूको समाधान गर्न उनकै नेतृत्वमा हुँदैछ भनी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका‌ छन्। उनले यसै अनुरूप गत केही दिन अघि जीटीए प्रमुख अनित थापा स्वयम् कलकत्ता पुगेर पहाडको नगरपालिकाहरूको विभिन्न समस्या लिएर नगरपालिका विकास मन्त्रीसंग भेट गरी जनहितमा पहाडको जनसङ्ख्यालाई मध्यनजर राखी स्वेरेज लाइन सुव्यवस्थित गराउन लिखित जानकारी गराएका थिए।

त्यसै अनुरूप हिजो मात्रै पहाडको चारैवटा नगरपालिकाको स्वेरेज लिएर डीपीआर झट्टै बनाउने निर्देश दिएको जानकारी गराएका छन्।‌यसर्थ यसको सम्पूर्ण श्रेय अनित कुमार थापालाई जान्छ भनी बताएका छन्।‌ उनले खरसाङ नगरवासी एवं नगरपालिका पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित कुमार थापालाई हार्दिक हार्दिक धन्यवाद एव साधुवाद चडाउन चाहान्छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement