परपुरूषसँग सम्बन्ध भएको सपना देखेर पत्नीलाई छुरी हाने

00-Knife

एकजना मानिसले राती सपना आफ्नी पत्नीको कुनै परपुरुषसँग प्रेम सम्बन्ध रहेको देखे। त्यसैका कारण उनी रिसको झोंकमा पत्नीमाथि चक्कु प्रहार गरे। पतिले आफ्नी पत्नीको घाँटी र हातमा धेरै प्रहार छुरी हानेर रगतपच्छे बनाएर घटनास्थलबाट भागेका थिए। पत्नीलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो, जहाँ उपचारपछि उनको ज्यान जोगियो। फरार रहेका आरोपी पति अहिले पक्रा परेका छन्। ९ अगस्तमा घटना भएको थियो र करिब पाँच हप्तापछि पुलिसले उनलाई पक्रिन सफल भयो।

द मिररका अनुसार यो घटना ब्राजिलको प्लानाल्टिनाको हो। यहाँ ३७ वर्षीय पुरुषले सपनालाई सत्य भएको विश्वास गर्दै आफ्नी पत्नीमाथि आक्रमण गरेको आरोप लागेको छ। यस आक्रमणमा पत्नी गम्भीर घाइते भएकी छिन्। उनको घाँटी र हातमा गहिरो चोट लागेको छ। रिपोर्टअनुसार घटना भएको दिन मध्यरातमा दम्पतीबीच झगडा भएको थियो। किनभने, पतिले आफ्नी पत्नीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध भएको सपना देखेका थिए। यो पुष्टि गर्न उनी निद्राबाट उठे र पत्नीसँग झगडा गर्न थाले। लामो समयसम्म विवाद चलिरह्यो तर केही समयपछि उनी फेरि पल्टिए। तर, फेरि उठ्दा उनको हातमा छुरी थियो। उनले पत्नीमाथि एकपछि अर्को गर्दै छुरीले प्रहार गरे। जसका कारण पत्नी रगतपच्छे भइन्। पत्नीमाथि आक्रमण गरेपछि उनी घरबाट भागे। चिच्याएको सुनेर परिवारका सदस्यले उनलाई अस्पताल लगे। हाल घटनामा आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेको पुलिसले जनाएको छ। उनको आपराधिक रेकर्ड छ। उनीमाथि पत्नीको हत्या प्रयास गरेको अभियोग लगाइएको छ। यस बारेमा जाँच जारी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *