स्वतःस्फूर्त बन्द व्यवसायिक प्रतिष्ठान
वेददीप उपाध्याय
विश्वनाथ चारआली: असमिया संगीत जगतका लोकप्रिय कलाकार जुबिन गार्गको अकाल मृत्युको खबर फैलिनासाथै विश्वनाथमा गहिरो शोक छायो। समाचार सार्वजनिक भएपछि स्वतःस्फूर्त रूपमा बन्द भए विश्वनाथका सबै व्यवसायिक प्रतिष्ठान।
जुबिन गार्गका कैयौं चलचित्रको छायांकन स्थल रहेको थियो विश्वनाथ। कलाकारलाई नजिकबाट साक्षात्कार पाउनु विश्वनाथबासीका लागि गर्वको विषय बनेको थियो। मृत्युको खबरले जनप्रिय कलाकार मानस भागवती पनि शोकाकुल भएका छन्। उनले भने, “यो मृत्युको कुनै व्याख्या छैन, उनको मृत्यु देशको अपूरणीय क्षति हो।”जुबिन गार्गले विश्वनाथ महोत्सव र विश्वनाथ रासलीला महोत्सवमा दुई पटक सहभागिता जनाउँदै स्थानीय जनतालाई स्नेहपूर्वक सम्झिएका थिए। असमको जातीय उत्सव रङ्गाली बिहुमा हिन्दी गीतमाथि प्रतिबन्ध जारी भएको बेलामा समेत कलाकारले विश्वनाथमा स्वतन्त्रतापूर्वक संगीत प्रस्तुत गर्ने अवसर पाएका थिए। सिंगापुरमा अप्रत्याशित निधन भएको खबर आएलगत्तै विश्वनाथका असंख्य गायक–प्रशंसकहरुले दीप प्रज्वलन गर्दै कलाकारप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे। शहीद भवनमा आयोजित कार्यक्रममा आसु, युवा विद्यार्थी परिषद्, पत्रकार संघ, विश्वनाथ होला कवि सम्मेलन, नागरिक समाज र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गर्दछन।विश्वनाथका विभिन्न समाज–संगठनहरूले गहिरो शोक व्यक्त गर्दै जुबिन गार्गको योगदानलाई कृतज्ञतापूर्वक स्वीकार गरेका छन्।