गान्तोक: राज्यमा फेरि एउटा हत्याको घटना प्रकाशमा आएको छ। घटना पूर्व सिक्किमको रङ्गेली क्षेत्र अन्तर्गत चाङ्गेलाखाको हो। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार एक पिताले २५ वर्षीय छोराको हत्या गरेका छन्। पुलिसले ५२ वर्षीय आरोपी श्री मणि बाग्दासलाई पक्राउ गरेको छ भने आरोपीले अपराध स्विकार गरेको पुलिसको दावी रहेको छ।
पुलिसको प्रारम्भिक जाँचमा थाहा लागेअनुसार आरोपी पिताले फलामको रडले हिर्काएर छोराको हत्या गरेको छ। प्राप्त जानकारीअनुसार बाबु-छोरा बीच कुनै कारणवश चर्को विवाद भएको थियो। आरोपी हाल पुलिस रिमाण्डमा छन्।