देन्ताम स्कूलले मनायो शतवार्षिकी महोत्सव

IMG-20250919-WA0152

गेजिङ: देन्तामस्थित पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयले आफ्नो स्थापनाको शतवार्षिकी भव्यतासित आयोजन गऱ्यो। एक शताब्दीको गौरवपूर्ण यात्रापछि विद्यालयले नयाँ शताब्दीलाई शिक्षा, चेतना र सामुदायिक विकासको उच्च लक्ष्य लय गरेको छ। बिहीवार कार्यक्रमको उद्घाटन क्षेत्र विधायक सुदेश सुब्बाले गरे। यसबीच हेरिटेज ब्लक पनि शुरु गरियो। कार्यक्रममा विद्यालयका संस्थापक, पूर्व–शिक्षक र सफल पूर्वविद्यार्थीहरूको योगदानलाई स्मरण गरियो। विद्यार्थीहरूले गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिँदै विद्यालयको योगदानबारे प्रदर्शनी गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुरत गुरुङ उपस्थित थिए। यसगरी महोत्सवको दोस्रो दिन अन्तरविद्यालस्तरीय साहित्यिक तथा तर्क प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। यसअन्तर्गत वरिष्ठ माध्यमिक विद्यालय तहको तर्कप्रतियोगिता, भाषणकला प्रतियोगिता, कविता लेखन प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमका मुख्य अतिथि यातायात विभागका एमबीआई किरण प्रधान थिए। उनले विद्यार्थीहरूमा साहित्यिक चेतना र सिर्जनात्मक प्रतिभा उजागर गर्ने कार्यक्रमहरूको महत्वमाथि प्रकास पारे। यसैगरी, अन्तरविद्यालयीय लाते भकुण्डो प्रतियोगितामा हि-याङ्थाङ परिवारका विद्यार्थीहरू सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement