पाकिम: पाकिम जिल्ला प्रशासनिक केन्द्रमा महिनाव्यापी आठौं राष्ट्रीय पोषण माह पालन गरियो। कार्यक्रमको मुख्य उद्देश्य पोषण अनि स्वास्थ्य जीवनशैलीमाथि सचेतना गराउनु हो। महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण विभागअन्तर्गत पाकिम जिल्लाको ग्रामीण परियोजनाद्वारा आयोजन गरिएको कार्यक्रममा स्वास्थ्य कर्मचारी र समिति सदस्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेले सबै अधिकारीहरूलाई पोषण माहमाथि शपथग्रहण गराउँदै स्वास्थ जीवनशैली अप्नाउने र अन्यलाई पनि प्रेरित गर्नुपर्ने सुझाउ दिए। यस वर्ष पोषण माहको थिम “सही पोषण, स्वास्थ्य जीवन” रहेको छ। जसमा तेल र चिनी उपभोग कम गर्नुपर्ने, प्रारम्भिक बाल्यकालमा केयर र शिक्षा, पोषण भी पढाई भी लगायत अन्य धेरै विषयहरूमा जागरूक गराइयो। यस अवसरमा पोषण प्रदर्शनी पनि आयोजन गरियो। जहाँ स्थानीयरूपमा उपलब्ध र सस्तो मूल्यमा पाउने पोषण स्रोतबारेमा जागरूकताको लागि प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा कोदोमा आधारित रेसिपीहरू, जैविक रूपमा उब्जाइएको फलफूल, तरकारी, दालहरू, र विभिन्न प्रकारका खाद्यबस्तु प्रदर्शमा राखिएको थियो। परम्परागत खानाहरू पौष्टिक र आकर्षक तरिकाले कसरी तयार गर्न उद्देश्यले प्रदर्शनी गरिएको थियो। स्टलहरूले सचेतना दिँदै सामुदायिक सहभागिताको लागि एक मञ्चकोरूपमा काम गरेको थियो। जसमा आँगनवाडी कार्यकर्ताहरू र स्थानीय स्वयंसेवी समूहहरू प्रदर्शमा सक्रियरूपमा सहभागिता जनाएका थिए। उक्त कार्यक्रमअन्तर्गत एक जागरूकता ऱ्यालीको पनि आयोजन गरिएको थियो। जसमा सहभागीहरूले स्वस्थ खाने बानी, स्तनपानको महत्त्व र ताजा, घरेलु खानाको महत्त्वलाई प्रोत्साहन गरेको थियो।