मङ्पु: भगवान बुद्धले ज्ञान प्राप्त गरेको बुद्ध गया समितिमा बुध्दिष्टहरु नै हुनपर्छ भनी अल ईण्डिया बुद्धिष्ट फोरमका महासचिव आकाश लामाले बताएका छन्। शुक्रबार मङपूमा अल ईण्डिया बुद्धिष्ट फोरमले नालीडाँडा शान्तिचोकदेखि रेसेश बजार परिक्रमा गर्दै एक शान्ति मशाल जुलुस निकालेको छ। उक्त मशाल जुलुसमा मङपू वरिपरि क्षेत्रका बौद्धमार्गी धर्मावलम्बीहरुले अंश ग्रहण गरेका थिए। सुरेन पाख्रिनले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अल ईण्डिया बुद्धिष्ट फोरमका महासचिव आकासॐश लामाले सम्राट अशोकले निर्माण गरेको महाबोधि महाबिहार अर्थात भगवान बुद्धले ज्ञान प्राप्त गरेको ठाँउ “बुद्ध गया” सञ्चालन समितिमा पूर्ण रुपले बौद्ध धर्मलम्बीहरु हुन पर्ने मागमा नै आजको शान्ति जुलुस मङपूमा गरिएको कुरा जनाए। हाल उक्त सञ्चालित समितिमा ९ जनामध्ये केवल चारजान मात्र बुद्धिष्ट रहेको कारण समितिम पूर्ण नौजना नै बुद्धिष्ट हुनपर्ने बताए। लामाले यसै विषयलाई लिएर गत तीन वर्षदेखि फोरमले आन्दोलन गरिरहेको र गत १९ अगस्तदेखि भारतको विभिन्न प्रान्तहरुमा शान्ति मशाल जुलुस भईरहेको छ भने आज मङपूमा पनि उक्त कुराको मागलाई लिएर शान्ति मशाल रयाली निकालिएको कुरा सचिव लामाले जनाए। यसरी यस विषयलाई लिएर कानुनी तौरमा पनि सुनाई भईरहेको छ भने हाम्रो मुख्य माग १९४९ बीटी एक्ट खारेज गर्नुपर्ने रहेको छ। १० अगस्तदेखि चलिरहेको शान्ति मशाल जुलस आगामी महिना बुद्ध गयामा हुनेछ भने त्यसपछि दिल्लीमा पनि वृहत रुपमा शान्ति मशाल जुलस हुनेछ भनी सचिव लामाले बताए। आजको कार्यक्रममा अल ईन्डिया बुद्धिष्ट फोरमका सल्लाहकार ए. के. जिम्बा, बिहार राज्यबाट आएका अधिक्ता भिक्टुर बौद्ध, महिला विशेषज्ञ डा. दिशा, गुरुङ समुदायका प्रतिनिधि सुमना गुरुङ, दिलीप गुरुङ अनि मनोज मोक्तानले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए भने अन्त्यमा पासाङ तामाङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त गरिएको थियो।