वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा नीरज चोपड़ाको निराशाजनक प्रदर्शन

IMG-20250919-WA0004

टोक्यो: ओलम्पिकमा दुईपल्टका पदक विजेता नीरज चोपड़ाको वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा पुरुष ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा प्रदर्शन निराशाजनक रह्यो। च्याम्पियनशीपको गत संस्करणमा खिताब जित्ने नीरजले आशानुरुप प्रदर्शन गर्न सकेनन् अनि ८४.०३ मीटरको सर्वश्रेष्ठ थ्रो गरी आठौं स्थानमा रहे। भारतका अन्य एक एथलीट सचिन यादवले पदक जित्न नसके पनि ८६.२७ मीटरको सर्वश्रेष्ठ थ्रो गरी चौथो स्थान हासिल गरे। त्रिनिदाद एण्ड टोबेगोका केशोर्न वालकोटले ८८.१६ मीटरको सर्वश्रेष्ठ थ्रो गरी स्वर्ण पदक आफ्नो नाम गरे। यसरी एण्डरसन पीटर्सले ८७.३८ मीटरको थ्रो गरी रजत र अमेरिकाका कर्टिस थम्पसनले ८६.६७ मीटरको सर्वश्रेष्ठ थ्रो गरी काँस्य पदक जिते। पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानका अरशद नदीमले पनि आशानुरुप प्रदर्शन गर्न सकेनन्। नीरजले टोक्यो ओलम्पिकमै स्वर्ण पदक जितेर इतिहास रचेका थिए तर यसपाली उनले आठौं स्थानमा रहेर प्रशंसकहरूलाई निराश गरे। नीरज बाहिर भए पनि सचिनले पाँचौं प्रयासमा पनि प्रभावित गरे अनि ८५.९६ मीटरको थ्रो गरे। सचिनसँग अन्तिम प्रयासमा पदक जित्ने मौका थियो तर उले ८०.९५ मीटरको थ्रो गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement