एनएसएस महोत्सवको चौथो दिन छाङ्गु झील भ्रमण

IMG-20250918-WA0155

गान्तोक: उत्तरपूर्व एनएसएस महोत्सव २०२५ को चौथो दिन विभिन्न गतिविधिहरूसितै सम्पन्न गरियो। जसले युवाहरूलाई शारीरिक तन्दुरुस्ती, आपसी सम्बन्ध र विविधतामा एकता प्रवर्द्धन गर्ने उद्देश्यको सन्देश दिएको छ। कार्यक्रमको शुरुवात योग, जुम्बा र आत्मरक्षा तालिमसँगै भयो। जसले स्वयंसेवकहरूको शारीरिक फिटनेस र मानसिक सुदृढीकरणमा जोड दिएको थियो। त्यसपछि सहभागीहरूलाई उच्च हिमाली क्षेत्रको प्राकृतिक सुन्दरताको अनुभव दिलाउने उद्देश्यले छाङ्गु झील भ्रमण गराइयो। जहाँ उनीहरूले पर्यावरणीय र सांस्कृतिक महत्वबारे जानकारी दिइयो।

साँझमा विभिन्न राज्यबीचको सांस्कृतिक विनिमय कार्यक्रम प्रस्तुत गरियो। यस क्रममा प्रत्येक राज्यले लटरी प्रणालीमार्फत अर्को राज्यको परम विकास र परम्परामाथि प्रकास पारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement