जङ्गुमा आदि कर्मयोगी योजनाबारे मास्टर प्रशिक्षण

IMG-20250918-WA0152

मंगन: मंगन जिल्ला अन्तर्गत जङ्गु निर्वाचन क्षेत्रको पासिङदाङ खण्ड प्रशासनिक केन्द्रमा आज केन्द्र सरकारको ध्वाजवाहक कार्यक्रम आदि कर्मयोगी अभियान सम्पन्न गरियो। योजनाको एक भागकोरूपमा भिलेज मास्टर प्रशिक्षण कार्यक्रम भएको हो। दुई दिवसीय प्रशिक्षण अभियानको शुरु भारत सरकारको जनजाति मामिला मन्त्रालयद्वारा प्रायोजित गरिएको हो। विशेष गरेर देशका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्रामीण क्षेत्रमा बसोबासो गर्ने जनजाति समुदायलाई विभिन्न क्षेत्रमा मजबुत गराउने उद्देश्यले उक्त अभियान शुरू गरेका हुन्। ग्रामीण क्षेत्रमा बसोबासो गर्ने जनजाति समुदायलाई सडक सम्पर्क. नागरिक सशक्तिकरण आदि यस अभियानमार्फत गरिने सरकारको तयारी रहेको छ। यस प्रशिक्षण कार्यक्रमले ग्रामीणस्तरमा प्रशिक्षण उपकरण, अग्रपंक्तिका कार्यकर्ताहरूलाई विभिन्न क्षेत्रमा प्रशिक्षण प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने लक्ष्य राखेको छ। यस दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उदघाटन खण्ड विकास अधिकारी डा. महेन्द्र तामाङले गरे।

About Author

Advertisement