गान्तोक: विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का यवा नेता अरुण लिम्बूले जमानत पाएनन्। विशेष सूत्रकाअनुसार आज वादी-प्रतिवादी पक्षबीच लामो बहसपछि जिल्ला सत्र न्यायालले लिम्बूको जमानत याचिका खारेज गरेको छ। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि उनकी धर्मपत्नी कृष्ण कुमारी राई विरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट अपलोड गरेको साथै राज्यको शान्ति श्रृङ्खला भङ्ग गर्न खोजेको छ उनीमाथि आरोप रहेको छ।
गान्तोक सदर पुलिसले गैरजमानती धारामा पक्राउ गरेका अरुण लिम्बू हाल न्यायिक हिराशतमा रोङ्गक जेलमा बन्द छन्।