नाम्ची: स्टेट ब्याङ्क सिक्किमले नाम्चीको तारिजिर र दामथाङस्थित दुईवटा ठूला सम्पत्ति जफत गरेको छ। करिब २ करोड रुपैयाँभन्दा बढी मूल्याङ्कन भएका यी सम्पत्तिहरू ऋण तिर्न असफल भएकै कारण जफत गरिएको ब्याङ्कले जनाएको छ।
आन्तरिक लेखापरीक्षण तथा असुली विभागका महाप्रबन्धक कुन्चोक तेन्जिङको नेतृत्वमा आज सम्पन्न कार्यवाहीमा आश्यक सबै कानूनी प्रक्रिया पूरा गरिएको थियो। प्राप्त जानकारी अनुसार वर्ष २०१८ मा लिइएको १,१९,४९,०८७ रुपियाँ ऋण तिर्न नसकेपछि मिङ्मा दोर्जे शेर्पाको दामथाङको सिम्खर्कास्थित सम्पत्ति जफत गरिएको हो। यसयरी नै त्यसै वर्ष लिइएको १,६०,०१,०७७ रुपियाँ ऋण तिर्न असफल भएपछि नाम्ची जिल्लाको तिन्जिरमा सन्तोष र संजु राईको सम्पत्ति सार्वजनिक मागपत्र जारी गरी जफत गरिएको ब्याङ्कले जनाएको छ।
महाप्रबन्धक कुनचोक तेन्जिङले ब्याङ्को यो कदम पूर्णतया वित्तीय प्रक्रिया अन्तर्गत भएको र कुनै पनि राजनीतिक दल वा एजेन्डासँग यसलाई जोड्न नहुने स्पष्ट पारेका छन्।