रिङटाङ कमानका श्रमिकहरूले पाए २०% बोनस, श्रमिक एकताको सफलता

Screenshot_20250918_213204_WhatsApp

दार्जिलिङ: सोनादा भ्यालीस्थित रिङटाङ कमानका श्रमिकहरूले आज, १८ सेप्टेम्बर २०२५ मा २०% बोनस प्राप्त गरेका छन्।
साथै, श्रम विभागको सल्लाह अनुसार १५ तारिखसम्म बोनस भुक्तानी हुनु पर्ने भए पनि मालिक सञ्जय चौधरी र म्यानेजर सुधीर तामाङले समयमै कुनै कदम नचालेका थिए।
यसपछि एचपीइयू (रिङटाङ शाखा) ले कमानका विभिन्न डिभिजनहरूमा भ्रमण गरी अवस्था अध्ययन गर्दै आन्दोलनको तयारी गरेको थियो। अभियानको नेतृत्व रिङटाङ शाखा अध्यक्ष एवं एचपीइयू केन्द्रीय अध्यक्ष सुधा तामाङले गरेका थिए। दार्जिलिङ खण्डको एएलसी र डीएलसी लाई पत्राचार गरेर बगानको अवस्था बारे जानकारी गराइएको थियो।
विगत वर्ष पनि १६% बोनस वितरणको लागि आन्दोलन र अनशनको परिणामस्वरूप मात्र बोनस वितरण भएको थियो। यस वर्ष पनि म्यानेजमेन्टको ढिलाइका कारण आन्दोलनको दबावमा आज चारै डिभिजनका श्रमिकहरूले २०% बोनस पाएका छन्।
यो श्रमिक एकता र आन्दोलनको सफलता हो। एचपीइयूले सब स्टाफ र स्टाफको बोनस वितरणको विषयमा पनि कदम चाल्ने योजना बनाएको छ। साथै न्यूनतम ज्याला, पर्जापट्टा, र ३०% जमीन उद्योगपतिलाई दिने नीति विरुद्धको लडाइँलाई अगाडि बढाउने लक्ष्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement