खरसाङ: भारतीय नेपाली साहित्यको पहिलो महत्तर सदस्य साहित्यकार असीत राईको सालिग निर्माणको लागि असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको टोलीले मूर्तिकार अमीर सुन्दाससित भेटघाट गरेका छन्। उक्त टोलीले मूर्तिकार अमीर सुन्दासको बाख्रीकोटस्थित घरमा नै गएर भेटघाट गरेका छन्। साहित्यकार असीत राईको सालिग महानदीमा निर्माण गर्नको लागि पहलस्वरुप उक्त टोलीले मूर्तिकारसित भेटघाट गरेका छन्। उक्त टोलीमा असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको सभापति शेखरचन्द्र प्रधान, उप सभापति मिलन प्रधान, सचिव हनोक थापा, कोषाध्यक्ष एंव महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, सल्लहाकार राजीव थापा र केवल राई रहेका थिए। उक्त टोलीले बाग्राकोटस्थित मूर्तिकार अमीर सुन्दासको घरमा भेट गर्नुको साथै उनको कार्यस्थलमा पुगेर विभिन्न सालिगहरुको निरीक्षण पनि गरेका थिए। उक्त टोलीले मूर्तिकार अमीर सुन्दाससित साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गर्ने विषयमा छलफल गरेका थिए। यस अवसरमा साहित्यकार रुपेस शर्मासहित पनि भेटघाट गरिएको थियो। उल्लेखनीय छ भारतीय नेपाली साहित्यको पहिलो महत्तर सदस्य साहित्यकार असीत राईको सालिग निर्माणको लागि असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको गठन गरेर कार्य चलिरहेको छ। मूर्तिकार अमीर सुन्दासको तर्फबाट तीन महिनाभित्रमा सालिग बनाई दिने वचन वध्दता प्रकट गरेका छन् भने सोही अनुसार कमिटीले अब निरन्तर कार्य अघि बढाउने भएको जानकारी प्राप्त भएको छ।