देउराली संघ नक्आउट फूटबलः टाईब्रेकरमा जीतको साथ सुबोथ फूटबल एकाडमी क्वार्टर फाइनलमा

photocollage_202292223322132.jpg

२२ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सुबोथ फूटबल एकाडमी, सिलगढ़ीले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा बुधवार खेलिएको दोस्रो राउण्डको म्याचमा सुबोथ फूटबल एकाडमीले बीडीएएस बेलगाछीलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब शुक्रवार खेलिने म्याचमा हर्के बोइज मारापुर र बी७ गुईठा बजारबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement