कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः आयोजक पीवाईएस ए टीम विजयी

IMG_20220922_233025.jpg

२२ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आयोजक पीवाईएस ए टीम-ले रोमाञ्चक जीत हासिल गऱ्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा पीवाईएस ए-ले आरएसडीडब्ल्यूए स्क्वायर-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ रहेको थियो। नियमित समयमा पीवाईएस ए टीम-बाट प्रदीप राई र आरएसडीडब्ल्यूए स्क्वायर-बाट तुषान्त थापाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *