गान्तोक: हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम आईडल सिजन १, जुनियर क्याटोगोरीका विजेता जेत्सन डोना लामा राष्ट्रिय टेलिभिजन जीटीभीद्वारा आयोजन सारेगामापा लिटल च्याम्प्समा छनौट भएकि छन्। उक्त कार्यक्रम १५ अक्टोबरदेखि टेलिभिजनमा प्रसारण हुनेछ। योभन्दा अघि उनले गाउँदै गरेको टीजर बाहिरीएको छ। टीजर बाहिरीनसाथ सामाजाकि संजालमा उनी भाइरस बनिसकेकी छन्। उक्त टिजरमा उक्त रियालिटी शो का जज एवं संगीत निर्माता अनु मलिकले जोत्सन डोना लामाको तारिख गरेको छ। उनको प्रस्तुती झनै दमदार हुने सामाजिक संजालमा प्रतिक्रियाहरू आइरहेको छ।
यो टिजर भाइरल बनेपछि सिक्किम आइडलका आयोजक पक्षको तर्फबाट पनि मुक्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले खुशी व्यक्त गर्दै यो हाम्रो वार्ता टेलिभिजन, सिक्किम आइडल टीम अनि सम्पूर्ण सिक्किमको निम्ति नै गर्वको क्षण रहेको बताएका छन्।










