फोहोरको व्यवस्थापन गर्न माइक्रोबियल कन्सोर्टियमको प्रयोग

IMG-20220922-WA0182.jpg

गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा आज राष्ट्रिय धान अनुसन्धान संस्थान भुवनेश्वर र सिक्किम विश्वविद्यालयद्वारा संयुक्त रूपमा माइक्रोबियल कन्सोर्टियमको प्रयोग माथि द्रुत विघटन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ओडिशाको एनआरआरआई प्रमुख वैज्ञानिक डा.पी पन्नीरसाल्भेन उपस्थित थिए। साथमा डा. लक्ष्मण शर्मा, प्राध्यापक सिक्किम विश्वविद्यालय बागवानी विभाग,सूरज छेत्री एडीओ, हि-मार्तामका बीटीएम विवेक शर्मा अन्य कर्मचारी तथा प्रगतिशील कृषकहरूको सहभागीता रहेको थियो। कार्यक्रमको मुख्य उदेश्य दुइ महिनाभित्र बायोमास र गोबर प्रयोग गरी राम्रोसँग कुहिएको र समृद्ध मल तयार गर्ने विषयमा तालिम दिनु रहेको थियो। सिक्किम विश्वविद्यालयका बाग्वानी विभागका प्राध्यापक डा.लक्ष्मण शर्माले किसानहरू सँगको कुराकानीमा यस प्रकारको विधिले मल तयार गर्न सहज हुने साथै पर्यावरणमा फोहोरलाई कम गर्न मद्दत पुग्ने बताए। अहिले किसानको खेतमा झारपात, बजार क्षेत्रमा विभिन्न फोहोर जनताको एक समस्या बनेको उल्लेख गर्दै फोहोरको सही व्यवस्थापन गर्न माइक्रोबियल कन्सोर्टियमको प्रयोग गरेर यसलाई मलमा परिणत गर्नु उत्तम उपाय रहेको र यसले फोहोरलाई कम गर्न मद्दत गर्दछ भन्दै यस्तो विधि अप्नाउन र गुणस्तरीय मलको रूपमा पुन: प्रयोग गर्न आग्रह गरे। आफ्नो प्रदर्शनी अवधि डा. पनीरसल्भेनले मलको सामाजिक आर्थिक मूल्यबारे किसानहरूलाई सचेत गराएका थिए। उनलेे माइक्रोबियल कन्सोर्टियम प्रयोग गरेर प्रत्येक व्यक्तिले छोटो अवधिमा अधिकतम मात्रामा राम्रो गुणस्तरको मल उत्पादन गर्न सक्ने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement