वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपः पहिलो प्रयासमै फाइनलको निम्ति क्वालीफाई गरे नीरज चोपड़ाले

IMG-20250918-WA0000

टोक्यो: विश्व एथलेटिक्स च्याम्पियनशीपमा ज्याभलिन थ्रो प्रतियोगिता शुरु भएको छ। जापानको राजधानीमा बुधवार प्रतियोगिताको क्वालीफिकेशन चरण भयो, जसबाट १२ जना शीर्ष एथलीटले फाइनलको निम्ति क्वालीफाई गरे। ग्रुप ए-मा सामेल दुईपल्टका ओलम्पिक पदक विजेता भारतका नीरज चोपड़ाले आफ्नो पहिलो प्रयासमै ८४.८५ मीटरको थ्रो गरी बिहीवार हुने स्पर्धाको फाइनलको निम्ति क्वालीफाई गरे। नीरज प्रतियोगिताको गत च्याम्पियन हुन् अनि उनी यसपाली खिताब बचाउन ओर्लिएका छन्। पाकिस्तानका अरशद नदीम ग्रुप बी-मा छन्। नदीमले पेरिस ओलम्पिकमा नीरजलाई पराजित गरी स्वर्ण पदक जितेका थिए। क्वालीफिकेशन चरणमा दुवै ग्रुपका एथलीटहरूलाई ३-३ वटा प्रयास प्राप्त हुनेछ। यसमा ८४.५० मीटरको क्वालीफिकेशन मार्क पार गर्ने एथलीटले सीधै फाइनलमा स्थान बनाउन सक्नेछन्। आफ्नो पहिलो प्रयासमै फाइनलको क्वालीफिकेशन मार्क पार गरेपछि नीरज दोस्रो र तेस्रो प्रयासको निम्ति ओर्लिएनन्। असाधारण फर्ममा रहने जर्मनीका जूलियन वेबर ग्रुप ए-मा पहिलो स्थानमा रहे। उनले आफ्नो पहिलो प्रयासमा ८७.२१ मीटरको दूरीमा भाला फ्याँकेर फाइनलको निम्ति क्वालीफाई गरे। उनको दोस्रो प्रयास ८२.२९ मीटरको रह्यो। पोल्याण्डका डेविड वेगनेरले तेस्रो प्रयासमा ८५.६७ मीटरको थ्रो गरेर क्वालीफिकेशन मार्क पार गरी ग्रुप ए-मा दोस्रो स्थानमा रहे। नीरजले च्याम्पियनशीपको गत संस्करणमा स्वर्ण पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement