नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलोजी (एनआईटी) को कार्यकारी बोर्ड एवं कार्यकारी परिषदको बैठक

IMG_20220922_232212.jpg

गान्तोक: आज राजभवनमा नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलोजी (एनआईटी) को कार्यकारी बोर्ड एवं कार्यकारी परिषदको बैठक राज्यपाल गंगा प्रसादको अध्यक्षतामा सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य एनआईटीका विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नु रहेको थियो जसमा वार्षिक रिपोर्ट र अडिट रिपोर्टको पुष्टि तथा एनआईटीको आगामी गतिविधिहरू साझा गर्नु सामेल थियो।

यस अवधि भारतीय परिषद ऐतिहासिक अनुसंधानका सदस्य सचिव प्रो. के. रत्नामी, बौद्ध अध्ययन विभाग, दिल्ली विश्वविद्यालय, प्रो. शुभ्रा बरूआ पावागढी, डीजी एवं सचिव स्वास्थ्य विभाग डा. पेम्पा टी. भोटिया, शिक्षा सचिव डीसी नेपाल, उप सचिव, संस्कृति मन्त्रालय सञ्जय कुमार, डा. संजय डी. फेमपू, सचिव एवं सीपी प्रधान तथा अन्यहरू उपस्थित थिए।

About Author

Advertisement