गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभ अवसरमा आफ्ना शुभकामनाहरू प्रेषित गरेका छन्।
राज्यपालले आफ्नो शुभकामना सन्देशमा भने, ‘म सिक्किमका जनता र स्वयंको तर्फबाट हाम्रा देश भारतका यशस्वी प्रधानमन्त्री श्री प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना दिॅंदछु।’
उनले भने, ‘विकसित भारत २०४७ को संकल्पनाका साथ हाम्रो राष्ट्रले नयॉं रीति, नयॉं गति र नयॉं नीतिको साथमा तपाईको मार्गदर्शनमा विश्व पटलमा परम वैभव स्थापित गरिरहेको छ। ईश्वरसॅंग राष्ट्र हितमा समर्पित तपाईको जीवन स्वस्थ एवं यशस्वी बनिरहोस् भनी प्रार्थना गर्दछु। पुन: तपाईलाई ह्रदयबाट जन्मदिनको शुभकामना व्यक्त गर्दछु।’