एसएमआईटी कर्मचारीहरु उत्रिए म्याराथनमा

IMG-20250917-WA0151

रम्फू: सिक्किम मणिपाल विश्वविद्यालयका संस्थापक पद्मभूषण डा. रामदास एम पाईको ९०औं जन्म दिवसको अवसरमा संस्थनका गैरशिक्षणका सदस्यहरूलाई लिएर १० किलोमिटर म्याराथन आयोजन गरियो। एसएमआइटी परिसरबाट शुरू भएको म्याराथन माझीटार, खानीखोला, माइनिङ, मामरिङ फाटक, अटल सेतु हुँदै पुनः एसएमआइटी परिसरमा पुगेर समापन भयो। यस कार्यक्रमको उद्देश्य डा. रामदासको शिक्षाप्रतिको योगदानलाई सम्मान गर्नु हो। कार्यक्रम आज देशभरिका विभिन्न राज्यहरूलमा पनि पालन गरियो। प्रतियोगितामा नारी पुरूष गरि कूल २२ जनाले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement