पाकिम: आज आगामी पञ्चायत चुनाउलाई लिएर मतदान अधिकारीहरूको निम्ति प्रथम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो। पाकिम महकुमाका अधिकारी छिरिङ एन. थीङले चुनाउ प्रक्रिया सम्बन्धित विभिन्न विषयहरूबारे प्रशिक्षण प्रदान गरे। उनले मतदान दलको भूमिका र जिम्मेवारीहरूबारे पनि जानकारी गराए।
पाकिमका एडीसी अनुपा तामलिङले निष्पक्ष अनि स्वतन्त्र चुनाउ आयोजन गर्नुको महत्वमाथि प्रकाश पारिन्। उनले सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूर्ण इमान्दारी र निष्ठाका साथ पुरा गर्न अनुरोध गरिन्। यस अवधि प्रशिक्षुहरूलाई ईभीएम विषय प्रत्यक्ष रूपमा जानकारी गराइएको थियो।










