मंगन: वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले आज पासीङदाङ खण्ड प्रशासनिक केन्द्रमा आयोजित एक कार्यक्रमबीच स्वच्छता ही सेवा अभियानको शुरु गरे। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औं जन्मजयन्तीअन्तर्गत पन्ध्रदिनव्यापी स्वच्छता कार्यक्रम पनि शुरू गरियो। जसको समापन आगामी २ अक्टोबर गान्धी जयन्तीको दिन हुनेछ। मन्त्रीले उपस्थित सबै अधिकारीहरूलाई स्वच्छता ही सेवाको निम्ति शपथग्रहण गराउँदै कार्यालय परिसरमा सरसफाई आयोजन गर्ने आदेश दिए। कार्यक्रममा जिल्ला उपाध्यक्ष, पञ्चायतगण लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मन्त्री लेप्चाले सबै विभागका अधिकारीहरूलाई कार्यालय परिसर सफाई राख्ने सल्लाह दिए।