काबि लुङचोकका ९९० आमाहरूले थापे चेक

IMG-20250917-WA0145

गान्तोक: सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत आज राज्यभरिका आमाहरूलाई चेक वितरण गरियो। यसक्रममा उत्तर जिल्लाको काबि लुङचोक निर्वाचन क्षेत्रका विधायक एवं स्वास्थ्य अनि परिवार कल्याण विभागका सल्लाहाकार थिन्ले छिरिङ भोटियाको क्षेत्रका आमाहरूलाई चेक वितरण गरे। काबि खण्ड प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रमको आयोजन महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण विभागले गरेको हो। सेवा पखवाडा कार्यक्रमको एक भागकोरूपमा आयोजन गरिएको कार्यक्रम देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमाथि केन्द्रित थियो। यसअन्तर्गत राज्यव्यापीरूपमा आयोजित सेवा पखवाडा कार्यक्रम चेक वितरण कार्यक्रम सम्पन्न भएको छ।
यस अवसरमा क्षेत्रखा ९९० आमाहरूलाई बीस हजार प्रति गरेर चेक वितरण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक भोटियाले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै वर्तमान सरकार आमाहरूको कल्याणप्रति कटिबद्ध रहेको बताए। राज्य सरकराले प्रत्येक वर्ष प्रतियेक आमालाई चालिस हजार प्रति गरेर प्रदान गर्ने घोषणा गरेको छ। आर्थिकरूपमा कमजोर आमाहरूलाई सश्क्त बनाउने उद्देश्यले सरकारले यस प्रकारको योजना शुरू गरेको जानकारी गराए। आमाहरूलाई आर्थिकरूपमा सबल बनाउन सरकारले भरपुर कोशिस गरिरहेको अवगत गराए। यसबीच पाकिम जिल्लामा पनि आमा सशक्तिकरण योजनाअन्तर्गत आमाहरूलाई सहयोग राशी वितरण गरियो। यस अवसरमा पाकिम जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रका आमाहरूलाई चेक वितरण गरियो। महिला, बाल, वरिष्ठ नागरिक र दिब्याङजन कल्याण विभागको आयोजित कार्यक्रममा आमाहरूलाई सशक्तिकरण गराउने उद्देश्यले सरकारले वर्ष २०२३ मा एक नोटिफिकेसन जारी गर्दै आमा सशक्तिकरण योजनाअन्तर्गत प्रत्येक वर्ष आमाहरूलाई चालिस हजार गरेर प्रदान गरिएको छ। यस अवसरमा पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका कूल ९९० जना आमाहरूलाई चेक वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement