जीटीए रिलिफ फण्डले श्रमिक भवन बनाउने एकल निर्णयको तृणमूल सभासद विनय तामाङद्वारा आपत्ति

IMG-20220922-WA0166.jpg

दार्जिलिङ: कोभिड संक्रमणकालमा अनित थापाद्वारा चिया श्रमिकहरूको निम्ति उठाएको आर्थिक अनुदान जीटीए चेयरम्यान रिलिफ फण्डलाई सिलिगुडीमा श्रमिक भवन बनाउने अनित थापा अनि उनका एकल पार्टी पक्षीय सभासदहरूले १९ सेप्टेम्बर २०२२ को जीटीए सभामा निर्णय लियो – यसको हामीले सभामा घोर विरोध गर्यौ र हाम्रो विरोध रहिरहनेछ तर उनीहरू आफ्नो प्रस्तावमा अडिग रहेको छ भनी तृणमूलको सभासद विनय तामाङले बताएका छन्।
यस विषयमा बिनय तामाङले भने, जुन उद्देश्यले यो अर्थ संग्रह गरिएको थियो – त्यो उद्देश्यलाई पुरा गर्दै चियाबगान श्रमिकहरूलाई नै यस दशैँ अघि दिइनुपर्छ भन्ने हाम्रो भनाइ अनि मांग थियो र छ पनि। यसमा अझ थप कुरो के छ भने अजय एडवर्डले यदि यो अनुदान दशैँको अघि चिया श्रमिकहरूलाई वितरण गरे उनले आफ्नो निजी कोषबाट रूपियाँ पाँच लाख थपिदिने पनि सभामा घोषणा गरिएको थियो। तृणमूल कंग्रेसको सभासद बिनय तामाङले यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भवन सरकारबाट निर्माण गरिने विषय हो भनी बताएका छन्। उनले अनित थापाले कुनै पनि श्रमिक ईकाइहरूसित आर्थिक अनुदान दाताहरूसित अनि श्रमिकहरूको सल्लाह-परामर्श नलिई लिएको निर्णयले उनको तालीबानी चरित्र चरितार्थ भएको छ भनी आरोप लगाएका छन्। उनले सम्पूर्ण चियाबगान अनि जीटीए चेयरम्यान रिलिफ फण्डका सरोकारवालाहरू (Stakeholders) – लाई अनुरोध गर्छौं कि यस विषयमा आ-आफ्नो मन्तव्य अनि विचार निसंकोच राखिदिने अनुरोध गर्दैछौं भनी बताएका छन्। उनले अघि भने, सिलिगुडीमा चिया श्रमिकहरूको निम्ति श्रमिक भवन बनिनु हाम्रो श्रमिक सन्तानहरूको लागि “लंकाभरि सुन छ मेरो कान त बुज्चै ” भने जस्तो हो। यदि श्रमिकहरूप्रति ईमान्दार र सहानुभूति छन् भने अहिलेको जीटीए बोर्डले सिलिगुडीको पहाडी भवनलाई श्रमिक भवन घोषित गरिदिया जाओस्। तर सम्भवत: यो आर्थिक अनुदानको रकम कही खर्च गरिसकेकोले गर्दा – यो अझ समय लिने चनाखो प्रक्रिया मात्र हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *