राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आफ्नो आधिकारिक शुभकामना सन्देशमा राज्यपालले सिक्किमका जनताको तर्फबाट जन्मदिनको शुभकामना र बधाई दिँदै विकसित भारत २०४७ को संकल्पका साथ हाम्रो राष्ट्रले प्रधानमन्त्रीको मार्गदर्शनमा नयाँ विधि, नयाँ गति र नयाँ नीतिहरू सहित विश्व मञ्चमा सर्वोच्च गौरव स्थापित गरिरहेको उल्लेख गरेका छन्। राज्यपालले राष्ट्र हितमा समर्पित प्रधानमन्त्री मोदीको जीवन स्वस्थ र सफल होस् भन्ने कामना पनि व्यक्त गरेका छन्। स्मरण रहोस्, १७ सेप्टेम्बरको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवनको अवसरमा देशव्यापी कार्यक्रमको आयोजन गरेको छ। यसअन्तर्गत राजधानीको रिज पार्कमा पनि एक कार्यक्रम आयोजन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement