आपदा प्रबन्धन- जागररुकतामाथि जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता

IMG-20250916-WA0162

गान्तोक: राज्य सरकारको भू-राजस्व एवं आपदा प्रबन्धन विभागले आपदा जोखिम न्यूनीकरणमाथि सचेत गराउने उद्देश्यले राज्यभरि सञ्चालित महाविद्यालयहरूमा राज्यस्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरू गरेको छ। महिनाव्यापी यस कार्यक्रममा आपदा जोखिम न्यूननीकरणमाथि राज्यभरिका महाविद्यालयहरूमा हाजिरी जवाफ प्रतियोगिता आयोजना भइरहेको छ। यस अवसरमा जिल्लास्तरीय सेमीफाइनल आज सोरेङ र पाकिम जिल्लामा सम्पन्न भयो। जसमा ६ वटा दलले सहभागिता जनाएका थिए। यस प्रतियोगितांमा विजयी हुनेहरूले राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छन्। फाइनल कार्यक्रम राजधानीस्थित चिन्तन भवनमा आयोजन हुने छ। छवटा दलहरू मध्ये राज्यस्तरको प्रतियोगिताको निम्ति सोरेङ बीएड कलेज, राभाङलाको नेश्नल इन्सटीट्यूट अफ् टेक्नोलोजी, रिनाक सरकारी महाविद्यालय, सिक्किम मणिपाल इन्सटीट्यूट अफ् टोक्नोलोजी, हर्कमाया महाविद्यालय रहेको छ। यस प्रतियोगितामा सहभागिता जनाएका छवटा महाविद्यालयहरूमध्ये हर्कमाया महाविद्यालय विजयी बन्यो भने सोरेङ जिल्लाको बीएड महाविद्यालय दोस्रो र सिक्किम मणिपाल इन्सटीट्युट अफ् मेडिकल साइन्स तेस्रो बन्यो। कार्यक्रमलाई सम्बोधन गर्दै एसएसडीएमका निर्देशक प्रभाकर राईले यस कार्यक्रम आयोजनाको महत्वबारे विस्तृतरूपमा जानकारी गराए। उनले विशेष गरेर महाविद्यालय र विद्यालयहरूमा यस प्रकारको कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्यबारे अवगत गराए। सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सचिव एमटी शेर्पाले विद्यालयहरूमा यस प्रकारको सचेतना कार्यक्रम आयोजनाको महत्वबारे बिचार व्यक्त गर्दै आपतकालीन समयमा जोखिम न्यूनीकरण गर्न नागरिकहरूले खेल्नुपर्ने भूमिका र जिम्मेवारीहरूमाथि पनि प्रकाश पारे। उनले विद्यार्थीहरूलाई यस प्रकारको प्रतियोगिताहरूमा भाग लिन प्रोत्साहित गर्दै उज्जवल भविष्यको निम्ति शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement