पाकिम: सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेल र सचिव छेवाङ ग्याछोले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरे। भेटको क्रममा मन्त्री ढुङ्गेलले १७ सेप्टेम्बरको दिन राजधानीस्थित रिज पार्कमा आयोजन गरिने सेवा पखवाडा २०२५ कार्यक्रममा उपस्थितका लागि निमन्त्रणा दिए। राज्यपालले मन्त्रीको निम्तोलाई स्वीकार्दै कार्यक्रममा उपस्थित हुने बचन दिएका छन्। १७ सेप्टेम्बरको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा देशभरिका महिला, किशोरी र बालबालिकाका लागि स्वास्थ्य सेवा र पोषण सेवालाई सुदृढ पार्न ‘स्वस्थ नारी, सशक्त परिवार अभियान’ को शुरु गर्नेछन्। स्वस्थ नारी, सशक्त परिवार अभियानले २०४७ सम्ममा प्रधानमन्त्रीको स्वास्थ्य, पोषण र विकसित भारतको दृष्टिकोणलाई अघि बढाउने लक्ष्य राखेको छ। यस अभियानले राष्ट्रव्यापीरूपमा विभिन्न समुदाय स्तरमा विशेष गरेर महिला-केन्द्रित निवारक, प्रवर्द्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।