गान्तोक: सिक्किम ऊर्जा विकास एजेन्सीको पहलमा आज राजधानीस्थित डीपीएचमा स़ञ्चालित स्रेडा भवनमा बोर्डको एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता विद्युत विभागका सचिव विकास देवकोटाले गरेका थिए। आज सम्पन्न भएको बैठकमा विद्युत विभागको पूर्वाधार सुदृढीकरण, प्रशासनलाई सुव्यवस्थित गर्ने र भविष्यका गतिविधिहरूको लागि रोडम्याप बनाउने कुरामा केन्द्रित थियो।
यस अवसरमा राज्यमा नवीकरणीय ऊर्जा जागरूकता र कार्यान्वयन विस्तार गर्ने कुरामाथि जोड दिएको छ। यसै क्रममा स्रेडाका निर्देशक जीवन थापाले स्रेडाको प्रशासनिक कार्यप्रणालीबारेमा बोर्ड सदस्यहरूलाई जानकारी गराए। बोर्डले स्रेडालाई यसको बजेटको विस्तृत रेकर्ड राख्ने सुझाउ दिए। जसले गर्दा यसको सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने साथै प्रधानमन्त्री सूर्य घर मुफ्त बिजली योजनाबारेमा छलफल भयो। जसले घरपरिवार र समुदायहरूमा स्वच्छ ऊर्जा ल्याउने एसआरईडीएको प्रतिबद्धतामाथि जोड दिएको थियो। सोही प्रकारले क्षेत्रीय अभियन्ताले प्रधानमन्त्री सूर्य घर मुफ्त बिजली योजना र मोडेल सौर्य गाउँबारेमा पावरपोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए।