सहकारी यूनियनद्वारा आयोजित जागरूकता कार्यक्रमको समापन

IMG-20250916-WA0158

गान्तोक: सिक्किम राज्य सहकारी यूनियनले विभिन्न विद्यालयहरूमा सहकारिता सम्वन्धित जागरूक गराउने उद्देश्यले गत ८ सेप्टेम्बरदेखि शुरू गरेको जागरूकता कार्यक्रमको समापन भयो। सिकोनका अध्यक्ष मंगलजीत राईको नेतृत्वमा शुरू भएको अन्तर्राष्ट्रीय सहकारी वर्ष २०२५ को एक भागकोरूपमा उक्त कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य सहकारी यूनियनको सिद्धान्त कार्य प्रणालीबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रमको पहिलो दिन आसमलिङजे सरकारी वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको थियो। जसमा सिकोनका प्रमुख कार्यकारी अधिकारी फुदुङ भोटिया लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तिम दिन नाम्चेबुङ वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर कार्यक्रम आयोजन गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता सामेल गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement