जीटीए क्षेत्रमा २२३ जना किसानहरुलाई सिम्बोडियम अर्खिड वितरण

IMG-20250916-WA0132

खरसाङ: पश्चिम बंगाल सरकारको हर्टिकल्चर तथा जीटीए सिन्कोना विभागको पहलमा जीटीए क्षेत्र अन्तर्गत जम्मा २२३ जना किसानहरुलाई उन्नत जातका सिम्बोडियम अर्खिडको विरुवाहरु वितरण गरिएको छ। उक्त वितरण कार्यक्रम अन्तर्गत पहिलो चरणमा गोरुबथानको लुङ्सेलमा १५० जना किसानहरुलाई, दोस्रो चरणमा लावा ब्लकका २७ जना किसानहरुलाई र अन्तिम चरणमा मङपूमा ४६ जना किसानहरुलाई बिरुवाहरु वितरण गरिएको छ। यसरी सम्पन्न कार्यक्रममा किसानहरूले ठूलो आकारका बिरुवा प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सिन्कोना विभाग तथा अन्य अधिकारीप्रति आभार प्रकट गरेका छन्। सिन्कोना बगानको निर्देशक डा. सामुएल राईका अनुसार कृषकलाई प्रशिक्षणपछि मात्रै अर्किड वितरण गरिएको हो। उनले किसानलाई फुएूल खेतीमार्फत् अर्किडको फूल बिक्री गर्न अनुमति दिइएको तर बोट वा बिरुवा भने बिक्री गर्न नपाइने स्पष्ट पारे। मङपूमा सम्पन्न अन्तिम चरणको कार्यक्रममा सिन्कोना बगान निर्देशक डा. सामुएल राई, जीटीए सिन्कोना विभागका सभासद रतन थापा लगायतका अधिकारीहरूको बाहुलीबाट बिरुवा वितरण गरियो।


यसैबीच, कालेबुङ वर्शिप सेन्टरमा सम्पन्न दोस्रो चरणको सिम्बोडियम अर्खिड वितरण कार्यक्रममा २७ जना किसानलाई बिरुवा हस्तान्तरण गरिएको थियो, जसमा कालेबुङका जिल्ला अधिकारी तथा विधायक विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै केही दिनअघि मिरिकमा मात्र ५३ हजार कफीका बिरुवा किसानलाई वितरण गरिएको सिन्कोना विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement