खरसाङ नगरपालिका कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सर सामानहरु प्रदान

IMG-20250916-WA0128

खरसाङ: राज्य सरकारद्वारा खरसाङ नगरपालिका कार्यालयमा कार्यरत् स्वेरेज र सेप्टिक कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सर सामानहरु प्रदान गरिएको छ। उक्त सर सामानहरु आज खरसाङ नगरपालिका कार्यालयमा सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाको उपस्थितिमा खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानको बाहुलीबाट प्रदान गरियो।

यस विषयमा खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले नगरपालिकाको स्वच्छ एवं स्वास्थ्य विभागमा कार्यरत् कर्मचारीहरूको स्वास्थ्य सुरक्षित राख्न खरसाङ नगरपालिका कटिबद्ध रहेको र यसर्थ स्वास्थ्य जाँच शिविर सञ्चालन गरेर उनीहरूको स्वास्थ्य जाँच गरिरहेका हुन्छन् भने माक्स पञ्जा, गम्बुट इत्यादि उनीहरूलाई प्रदान गरिरहेका हुन्छन् भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement