महानदी क्षेत्रीय दमाई समाजको ३०औं स्थापना दिवस सम्पन्न

IMG-20250916-WA0123

खरसाङ: तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीस्थित आदर्श कल्याण केन्द्रमा महानदी क्षेत्रीय दमाई समाजको ३०औं स्थापना दिवस सम्पन्न गरियो। उक्त कार्यक्रमको समाजका सभापति सुमन कार्कीढोलीको सभापतित्वमा सम्पन्न गरिएको छ‌।

यस स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा खरसाङ श्री दमाई समाजका सभापति प्रकाश सेवा साथै सचिव दिपेन सेवा विशेष रूपमा उपस्थित रहेका थिए। यस कार्यक्रममा सभाध्यक्ष अनि प्रमुख अतिथिको बाहुलीबाट अनुसूचित जातिका रक्षक भारतका संविधान लेखक बाबा साहेब डा. भीमराव अम्बेडकरको तस्वीरमा धुपदीप प्रज्वलन र माल्यार्पण गरेर कार्यक्रमलाई अघि बढाएका थिए।

यसै कार्यक्रममा समाजभित्रका ७० वर्ष माथिका वृध्द वृद्धाहरूलाई दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै उच्च शिक्षा हाँसिल गर्ने जस्तै – एमटेक, बीबीए अनि नर्सिङमा मास्टर्स गरेका अनि उच्च माध्यमिक अनि माध्यमिक परीक्षा अनि आइसीसी उत्तीर्ण भएका नानीहरूलाई सम्वर्ध्दना पत्र अनि मायाको चिनो प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रममा समाज ३० वर्ष पुगेको अवसरमा समाजका वृध्द ०१ वर्ष पुगेका पदमबहादुर दर्नालको बाहुलीबाट केक पनि काटिएको थियो। यस कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना पनि रहेको थियो। कार्यक्रममा नानीहरूले गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए।

कार्यक्रममा आमा समूहको नृत्य पनि रहेको थियो भने कार्यक्रम भव्यताको साथ समापन गरिएको कार्यक्रमलाई समाजका मिडिया प्रभारी प्रवीण दर्नालले सञ्चालन गरेका थिए। यस कार्यक्रममा महानदी क्षेत्रभरिका सिविटार, महानदी, ढुंग्रेकोठी, तिरसठ लाइन, घुम्ती चिया कमानका दमाई समुदायका सदस्य सदस्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement