एक्स-मा पोडकास्ट लञ्च गर्ने तयारीमा भीनस र सेरेना विलियम्स

IMG-20250916-WA0114

न्यूयोर्क: टेनिस जगतमा लामो समयसम्म धूम मचाउने विलियम्स दीदी-बहिनी भीनस र सेरेना अब पोडकास्टको जगतमा ओर्लिन तयार छिन्। दीदी भीनस र बहिनी सेरेनाले बुधवार एक्स-मा आफ्नो पोडकास्टको पहिलो एपिसोड लञ्च गर्नेछिन्। पहिलो एपिसोड अर्थर ऐश स्टेडियममा शूट गरिएको छ, जुन यूएस ओपनको मुख्य स्टेडियम हो। यस स्टेडियममा सेरेनाले ६ वटा अनि भीनसले २ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। पडकास्टको नाम स्टकटन स्ट्रीट हुनेछ। यो नाम क्यारिफोर्नियाको कम्प्टनमा उनीहरूका घरको नाममा राखिएको छ। पोडकास्ट प्रत्येक दोस्रो हप्ता बुधवार गरेर प्रसारित हुनेछ अनि त्यसलाई एक्समा जारी गरिनेछ। विलियम्स दीदी-बहिनी टेनिस जगतको महान खेलाड़ीहरूमा सामेल छिन्, जसले लामो समयसम्म महिला टेनिसमा एकक्षत्र शासन गरेकी थिइन्। सेरेनाले २०२२-मा यूएस ओपनको रूपमा आफ्नो अन्तिम टुर्नामेण्ट खेलेकी थिइन् जबकि दीदी भीनसले यस साल यूएस ओपनमा एकल, महिला युगल र मिश्रित युगलमा प्रतिस्पर्धा गरेकी थिइन्। ४३ वर्षीय सेरेनाले आफ्नो एकल करियरमा जम्मा २३ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। यसमा ६ वटा यूएस ओपन, ७ वटा अष्ट्रेलियन ओपन, ३ वटा फ्रेञ्च ओपन र ७ वटा विम्बल्डनको खिताब सामेल छ। उनले २०१२ लण्डन ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन्।
यसबाहेक सेरेनाले महिला युगलमा ४ पल्ट अष्ट्रेलियन ओपन, २ पल्ट फ्रेञ्च ओपन, ६ पल्ट विम्बल्डन र २ पल्ट यूएस ओपनको खिताब जितेकी छन्। उनले २०००, २००८ र २०१२-को ओलम्पिकमा महिला युगलमा स्वर्ण पदक जितेकी थिइन्। यसरी ४५ वर्षीय भीनसले आफ्नो एकल करियरमा ७ वटा ग्राण्ड स्ल्याम खिताब जितिन्। यसमा २ वटा यूएस ओपन र ५ वटा विम्बल्डनको खिताब सामेल छ। उनले साल २०००-मा ओलम्पिकमा महिला एकलको स्वर्ण पदक जितेकी थिइन्। भीनसले महिला युगलमा पनि १४ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। यसमा ४ वटा अष्ट्रेलियन ओपन, २ वटा फ्रेञ्च ओपन, ६ वटा विम्बल्डन र २ वटा यूएस ओपनको खिताब सामेल छ। उनले २०००, २००८ र २०१२-मा बहिनी सेरेनासँग जोड़ी बनाएर महिला युगलमा ओलम्पिक स्वर्ण पदक जितेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement