हाम्रो सिक्किम पार्टी-ले ‘सिक्किमको माग आईएलपी’ अभियान शुरू

IMG_20220922_214336.jpg

गान्तोक: हाम्रो सिक्किम पार्टी-ले ‘सिक्किमको माग आईएलपी’ अभियान शुरू गरेको छ। एचएसपीका अध्यक्ष भाइचुङ भोटियाको अगुवाईमा उक्त अभियान शुरू गरिएको छ। यस अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू निर्धारित गरिएको जानकारी पार्टी महासचिव बिराज अधिकारीले विज्ञप्तिमा दिएका छन्। विज्ञप्तिअनुसार, एचएसपीले ‘सिक्किमको माग आईएलपी’ अभियानलाई समर्थन गर्न आफ्नो सोशियल मिडियामा ७६६९०५८०९० नम्बर जारी गरेर मिस् कल गर्न आह्वान गरेको थियो। २४ घण्टा नबित्दै एक हजारभन्दा धेर मिस् कल दर्ता गरियो। यसले सिक्किमका जनता राज्यमा आईएलपी लागू गर्नु पर्छ भन्ने मागको समर्थनमा रहेको स्पष्ट छ।
विज्ञप्तिमा आगामी १६ अक्टोबरको दिन जन संसद आयोजना गरिने बताउॅंदै सिक्किममा आईएलपी लागू गर्नु पर्ने प्रस्ताव जन संसदमा पारित गरिने बताइएको छ। उक्त प्रस्ताव केन्द्रिय गृह मन्त्री अमित शाहलाई प्रदान गरिने जनाइएको छ।
यसै गरी, एचएसपीले अध्यक्ष भोटियाको अगुवाईमा मानिसहरूलाई आईएलपी, उनीहरूका अधिकार र अन्य महत्वपूर्ण विषयहरूबारे जागरूक गर्न ‘सिक्किम जागरूकता यात्रा’ शुरू गर्ने पनि बताइएको छ। एचएसपीले आगामी २५ सेप्टेम्बरको दिन आईएलपी र यससित सम्बन्धित महत्वपूर्ण सूचनाहरूलाई लिएर श्वेत-पत्र जारी गर्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement