मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री जन्मोत्सव स्थलको निरीक्षण

IMG-20250915-WA0165

गान्तोक: आगामी १७ सेप्टेम्बरको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिवसको अवसरमा पालन गरिने कार्यक्रम स्थल स्वर्ण जयन्ती मैत्रीय मञ्जरीको निरीक्षण गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आज विभागीय अधिकारीहरुसंग स्थलगत समीक्षा गरे। उक्त कार्यक्रम विशेष गरेर राजधानीस्थित रिज पार्कमा पालन गरिने भएको छ। भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले कार्यक्रमको तयारी, पूर्वधार, सार्वजनिक सुरक्षा प्रवन्धन सहित तयारीका सबै पक्षहरूको समीक्षा गरे। यस अवसरमा अधिकारीहरूले मुख्यमन्त्रीलाई कार्यक्रमको तयारीबारेमा विस्तृतरूपमा जानकारी गराउँदै सबै प्रकारको व्यवस्था योजना अनुसार अघि बढिरहेको अवगत गराए। मुख्यमन्त्रीले थप जानकारी गराए अनुसार प्रधान मन्त्री मोदीको निःस्वार्थ सेवाको भावनाको कारण सेवा पखवाडा कार्यक्रम अहिलेसम्म सञ्चालन भइरहेको र यस उत्सवलाई सफल बनाउनको निम्ति सबै प्रकारको व्यवस्था उचित हुनुपर्ने निर्देश दिए। सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सम्वन्धित विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गरिरहेको मुख्यमन्त्रीलाई जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement