मंगनमा छात्रवृत्ति योजनाहरुमाथि अभिमुखी कार्यक्रम

IMG-20250915-WA0163

मंगन: सामाजिक कल्याण विभागले आज छात्रवृत्ति विषयलाई लिएर एक सचेतना कार्यक्रम आयोजन गऱ्यो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजन गरिएको कार्यक्रममा महकुमा अधिकारी (मुख्यालय) सन्दीप कुमार, विभागकी संयुक्त सचिव कविता सुब्बा लगायत अन्य अधिरकारीहरू सामेल थिए। यस अवसरमा विभागका उपनिर्देशक रामकुमार तामाङले नशामुक्त अभियानलाई लिएर कार्यालयका सबै अधिकारीहरूलाई शपथग्रहण गराए। जिल्ला नोडल अधिकारी छिरिङ लेप्चाले छात्रवृत्तिका निम्ति आफ्नो नाम पञ्जीकरण गराउने आग्रह गरे। उनले ओबीसी र ईबीसीका नवौ र दशौ श्रेणीका विद्यार्थीहरूलाई प्रिमेट्रिक छात्रवृतिबारे जानकारी गराए। छात्रवृत्ति केवल अनुसूचित जाति र जनाजाति विद्यार्थीहरूका निम्ति लागू गरिएको जनाउँदै ओबीसी, इबीसीका विद्यार्थीहरूको निम्ति भने पोस्ट मेट्रिक छात्रवृत्ति योजना शुरू गरेको जानकारी गराइन्। अतिरिक्त निर्देशक सृजना डोलीले राष्ट्रिय छात्रवृत्ति पोर्टलको प्राविधिक पक्षहरूमाथि प्रकाश पार्दै यो केन्द्रीय र राज्य छात्रवृत्तिहरूमा आवेदनका लागि एकल अनलाइन प्लेटफर्म रहेको बताइन्। उनले विद्यार्थी छात्रवृत्ति प्राप्त गर्नको निम्ति आगामी ३१ अक्टोबरसम्म पोर्टल खुल्ला रहने भएकोले सबैले समयमा आफ्नो नाम पञ्जीकरण गराउने आग्रह गरिन्। यसक्रममा विभागकी संयुक्त सचिव कबिता सुब्बाले विभिन्न योजनाहरूबारे जानकारी गराउँदै विद्यालय र संस्थाहरूद्वारा विद्यार्थीहरूको हितमा समयमै प्रमाणीकरण गराएर आवेदन गर्ने मन्तव्य प्रकट गरिन्। उनले गत वर्षको तुलनामा आवेदनकर्ताहरूको संख्यांमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै सबै संस्थाहरूलाई जागरुक बन्ने बताइन्। उनले शीर्ष श्रेणी छात्रवृत्ति योजनाअन्तर्गत प्रमुख केन्द्रीय पहलहरूमाथि प्रकाश पारिन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि सन्दीप कुमारले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सहयोग गर्ने आवश्यकतामाथि जोड दिँदै संस्थागत प्रमुखहरू र नोडल अधिकारीहरूलाई समयसीमा भन्दा पहिले प्रमाणीकरण सुनिश्चित गर्ने अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement