गेजिङ: पीएमश्री सरकारी उच्चतर माध्यमिक विद्यालय पेलिङले हिन्दी दिवस भव्य रूपमा मनायो। विद्यार्थी तथा शिक्षक–शिक्षिकाको सहभागितामा विभिन्न कार्यक्रम सामेल गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयकी प्राचार्य याङ्देन सिक्मोले गरेकी थिइन्। यस अवसरमा विद्यालय परिवारले साहित्यिक र सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरेका थिए। यसअन्तर्गत कविता वाचन, निबन्ध लेखन, लघुकथा लेखन, वाचन प्रतियोगिता आयोजन गरेको थियो। शिक्षक राम शर्माले हिन्दी भाषाको ऐतिहासिक पृष्ठभूमि, प्रचार–प्रसार र महत्वबारे मन्तव्य राखे। शिक्षक रोहित शर्माले प्रश्नोत्तरी कार्यक्रमको सञ्चालन गरेका थिए। बेणु प्रधान, टीडी भोटिया र सरिना प्रधान प्रमुख निर्णायक थिए। प्राचार्या सिक्मोले राष्ट्रीय भाषाको रूपमा हिन्दीले देशको सांस्कृतिक र भाषिक सम्पदामा पुऱ्याएको योगदान स्मरण गर्दै विद्यार्थीहरूको चौतर्फी विकासमा भाषाको भूमिका महत्त्वपूर्ण हुने बताए। स्मरणीय छ, हरेक वर्ष १ देखि १४ सितम्बरसम्म हिन्दी पखवाडा कार्यक्रम आयोजन हुने गरेको छ।