गान्तोक: एकजना १३ वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला रम्फू पुलिस थानामा दर्ता भएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस रिपोर्टअनुसार, एक १८ वर्षीय युवकले नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। नाबालिग आफ्ना उमेरका अन्य नानीहरूको तुलनामा असामान्य रहेको बताइएको छ। आरोपित युवक मूल रूपमा बिहार निवासी हुन् र हाल सिङताममा बस्दै छन्। पुलिसले पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरेर आरोपित युवकलाई पक्राउ गरेर गरेको छ।