विद्यार्थी महासंघ केन्द्रीय समितिद्वारा डा. विनायक सुन्दासलाई सम्मान

IMG-20250915-WA0149

दार्जिलिङ: अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिद्वारा आयोजित ३४औँ भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत हाम्रो संस्था र विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरिएको थियो। सो क्रममा डा. विनायक सुन्दास, निर्देशक, हिमालयन स्टडीज केन्द्र, उत्तरबंग विश्वविद्यालयलाई समेत सम्मान गर्ने निर्णय गरिएको थियो। तर, उनको बोजु/हजुरआमा स्वर्गवास भएकाले कार्यक्रमको दिन उपस्थित हुन सकेका थिएनन्। त्यस कारण आज विद्यार्थी महासंघ केन्द्रीय टोली -विश्वास क्षेत्री कार्यकारी अध्यक्ष,राकेश ढकाल केन्द्रीयप्रवक्ता,लेखनाथ गिरी केन्द्रीय समिति कार्यकारी सदस्य, किरण राई सुकना ब्लक अध्यक्ष उत्तरबंग विश्वविद्यालयमा उनको कार्यालय पुगेर सम्बन्धित सम्मान कार्यक्रम सम्पन्न गरियो।
सो अवसरमा डा. विनायक सुन्दासले भने, “मलाई आज पहिलो पटक यस कुर्सी र कार्यलयमा ढाका टोपी लगाएर बस्ने अवसर पाएकोमा निकै खुसी लागेको छ। विद्यार्थी महासंघले मलाई यो मौकाको दिएको सम्मानप्रति म अति गौरव र कृतज्ञ छु।’
विद्यार्थी महासंघ केन्द्रीय टोलीद्वारा विनायक सुन्दासलाई सम्मान गर्न पाउँदा गर्व अनुभव गरिएको जानकारी महासंघ केन्द्रीय समितिका प्रवक्ता राकेश ढकालद्वारा दिइएको छ।

About Author

Advertisement