खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने शहरदेखि ७ किलोमिटर टाढा रहेको चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले धेरै भत्काएको कारणले मैला फ्याँक्न धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोडको निरीक्षण आज खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र कार्यकारी अधिकारी कैलाश प्रसाद र एसएईको टोलीले गरेका छन्। उक्त रोडको अवस्थाको निरीक्षण गरेपछि खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिकाको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोड पानी झरीले भत्काएको र केही दिनको लागि मैलाहरु फ्याँक्न नसकिने बताए। उनले बाटोमा बालुवा र बाटोको अवस्थालाई ध्यानमा राखेर खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु केही दिनको लागि आफ्नै घरमा भेला पारेर राखिदिने अनुरोध गरेका छन्। उनले खरसाङ बजारको व्यवसायीहरु, दोकानेहरु र स्थानीयहरुलाई अनुरोध गर्दै केही दिनको लागि आफ्नै घरमा मैलाहरु संकलन गरिदिने आह्वान् गरेका छन्। भाइस चेयरम्यान सुवास प्रधानले मैला फ्याँक्ने ठाउँ जाने रोडको मरमत्तिको कार्य चाढै भएर मैलाहरु फ्याँक्न शुरु गरिने बताए। यसको साथै यो रोडको मरमत्तिको लागि खरसाङ नगरपालिकाको ठेकेदार संगठनलाई जानकारी गराइएको जानकारी प्राप्त भएको छ।