मिरिक: तृणमुल चिया श्रमिक संगठन मिरिक महकुमा समितिका सचिव संजय राईले २१ तारिखको दिन सिलगढीस्थित श्रमिक भवनमा सम्पन्न सभामा तृणमुल प्रतिनिधिहरु पहाडमा २० प्रतिशतले एक किस्तामा बोनस दिनु पर्ने मागमा अडिग रहेको दाबी संगठनका मिरिक महकुमा सचिव संजय राईले गरेका छन। संजय राई जसले तृणमुल कंग्रेसको पक्षमा बुधबारको दिन सम्पन्न बैठकमा अंशग्रहण गरेका थिए। उनीले बताए अनुसार बुधबार सिलगढीस्थित श्रमिक भवनमा सम्पन्न बैठक असफल भएको र उक्त बैठकमा मालिक पक्षले २० प्रतिशत बोनस तर किस्तामा दिने घोषणा गरेको, जुन श्रमिकहरुको हितमा नरहेको बताएका छन। राईले मिरिकमा एक प्रेस वार्ता गर्दै बैठकमा केवल पहाडका दुइवटा राजनीतिक दलका श्रमिक संगठनका प्रतिनिधिहरु मात्र उपस्थित रहेको भन्दै अर्को बैठक चाडै बस्न सकिने संकेत दिए। हिजोको बैठकमा तृणमुल कंग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु मात्रै उपस्थित थिए। बैठकको शुरुमा मालिक पक्षले १३.३३ प्रतिशतले बोनस दिने घोषणा गरेको थियो तर मंगलबारको बैठक पश्च्यात मालिक पक्ष २० प्रतिशतले नै दिने राजी भएपनि दुई किस्तामा दिनेमा भने श्रमिक संगठन अनि मालिक पक्षमा समझदारी नभएको राईले बताए। मालिक पक्षको भनाई अनुसार दशै अघि पन्ध्र प्रतिशत अनि तिहार अघि पाँच प्रतिशतले बोनस दुई भागमा दिने भएको छ।








