मङ्पू लाब्दा बस्तीमा लात्ते भुकुण्डो प्रतियोगिताको श्रीगणेश

soccer-ball-goal.webp

मङ्पू: आजदेखि मङ्पूको लाब्दा बस्ती खेल मैदानमा अजम्बरी खेलकुद समितिको आयोजनामा फुटबल खेल प्रतियोगिता शुरू भएको छ। आजको यस उद्घाटन खेलका प्रमुख अतिथि बालकुमार राईले बल किक् गरेपछि पहिलो खेल लाब्दा बस्ती बनाम सिक्सिन माझ सम्पन्न भयो। उक्त खेलमा १ गोलको विरुद्ध ४ गोल गरेर सिक्सिन टोली विजय बन्यो। यसैगरी, दोस्रो खेलमा आज सिम्ले युनाईटेडलाई पराजित गरेर मामरिङ अघिल्लो चरणमा प्रवेश गरेको छ। फुटबल म्याच शुरू हुन अघि लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरिन् भने खेलको मध्यान्तरमा गायक प्रसंग राईले मीठो गीत प्रस्तुत गरे। आयोजक समितिले दिएको जानकारी अनुसार भोलि शुक्रवार प्रथम खेल मेरिगोल्ड ए बनाम एचएफसी अनि दोस्रो खेल मेरिगोल्ड बी बनाम रेसेफ फरेस्ट बस्तीमाझ सम्पन्न हुनेछ। आगामी ६ नोभेम्बर दिन सम्पन्न हुने उक्त फुटबल प्रतियोगिताको फाइनल खेलमा विजय दललाई १ लाखसहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई ५० हजारसहित आकर्षक ट्रफी प्रदान गरिने छ।

About Author

Advertisement