कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा आइतवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा सिङलिङ स्पोर्टिंग क्लबले नर्थ ईष्टर्न रेलवेजविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रिचमण्डले २ र आशिष प्रधानले १ गोल गरे। यसरी नर्थ ईष्टर्न रेलवेजको तर्फबाट सौरभ विश्वासले गोल गरे। रिचमण्डलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाकले जानकारी दिएका छन्। अब सोमवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा सेनापती एफसी (मणिपुर) र ब्रदरहूड एफसी (गान्तोक, सिक्किम)-बीच भिड़न्त हुनेछ