पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा केएफसी-ले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिशाल छेत्रीले १५औं मिनट, सेमुएल हल्दारले ४३औं मिनट र अरुण तामाङले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी युनाइटेड दार्जीलिङको तर्फबाट अबय सिंहले १०औं मिनटमा गोल गरे। केएफसी-का गोलकीपर प्रज्वल शर्माले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।

अब आइतवार (२१ सेप्टेम्बर) खेलिने फाइनलमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र दमक फूटबल क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।